सरकारले काम गरेन : राजेन्द्र राई

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार १५:३१

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले  प्रदेश सरकारले काम गर्न नसकेकाे बताएका छन् । प्रदेशसभाको छैठौं हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै राईले दुई ठूला दल मिलेर बनेकाे सरकारले काम गर्न नसकेकाे बताएका हुन् ।

विकास निर्माणको काम गर्नलाई सरकारले चासो नदिएको बताउँदै उनले भने,‘ सरकारको हालखबर के छ भनेर सोध्न खोजेको ।’ बजेट कार्यान्वयनका विषयमा सरकारले चासो नदिएको उनले बताए । ‘यो बिचमा उधम जिल्ला गाउँ डुलियो, यसरी डुल्दा खेरी योजनाको प्रगति छैन, ठेक्का लागेका बहुवर्षीय योजनाको पनि कुनै प्रगति छैन,’ उनले भने,‘‍….बहुवर्षीय योजनाको काम पनि गर्नुहुन्न भने क्रमागत पनि नगर्ने हो भने सरकार किन चाहियो त ?’

उनले सरकारको कार्यशैलीको आलोचना गरे । पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री गम्भीर विषयमा हिरासतमा हुँदा सरकारले कुनै प्रतिक्रिया नदिएको बताए ।

उनले पूर्वमुख्यमन्त्रीलाई पनि आफू अनुकुल रुपमा गाडी सुविधा दिएको बताए । उनले भने ,‘पूर्वमुख्यमन्त्रीलाई सवारी सुविधा दिदा मिलाएर घुमाएर एकजनालाई मात्रै दिइयो, त्यो पनि को भन्दा अदालतले तीनै पटक विभिन्न कारणले अमान्य ठहर गरेको ।’

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.