
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले राजनीतिक संयन्त्रले मुख्यमन्त्रीलाई निरिह बनाएकाे बताएका छन् । संसद र सरकारले नचिनेको संयन्त्रले सरकारलाई बजेट पुनरावलाेकनका लागि निर्देशन दिएकाे विषय उल्लेख गर्दै उनले यस्ताे बताएका हुन् ।
छैठौं प्रदेशसभा बैठकको पहिलो बैठकमा बोल्दै उनले भने,‘ मुख्यमन्त्रीलाई छेउमा निरिह बनाएर जनताबाट पराजित, सरकारको र संसदको कुनै पनि संरचनाले नचिन्ने व्यक्तीले बजेटको पुनरावलोकनको कुरा उठाउनु भनेको गम्भीर विषय हो ।’
‘सदनले नचिनेको, सरकारका कुनै सम्यन्त्रले नचिनेको जनताबाट पराजित व्यक्तीले संसदको र सरकारको मानहानी हुनेगरी गरको कुरा कम्तीमा यो प्रमुख प्रतिपक्षी दललाई मान्य छैन,’ उनले भने,‘ …. यो संसदलाई मान्य हुँदैन ।’
केहीदिनअघि प्रदेशका दुई ठूला दल कांग्रेस एमालेको सम्यन्त्रले बजेट पुनरावलोकन गर्ने बताएको थियो । यो संयन्त्रमा एमालेबाट पूर्वमुख्यमन्त्री तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई र एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडा छन् । उनीहरु दुवै २०७९ सालको निर्वाचनमा पराजित भएका थिए ।

























