धरानका मेयर हर्क साम्पाङ पुगे रित्तो गाग्री बोकेर काठमाडौं

Share this
809shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार १७:०३

विराटनगर । रित्तो गाग्री बोकेर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) सोमबार दिउँसो काठमाडौं पुगेका छन् ।

संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर काठमाडौं गएको उनले बताए । साम्पाङले भोलि (मंगलबार)खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई भेटेर धरानको खानेपानी समस्या सामाधन गर्न दबाब दिने बताएका छन् ।

साम्पाङले आइतबार धरानको भानु चोकमा गाग्रीसहित प्रदर्शन गर्दा सरकारले धरानका जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै आफू थोत्रे गाग्री बोकेर दबाब दिनका लागि काठमाडौं जान लागेको बताएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.