
विराटनगर । कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशनको दोस्रो बैठक आज (मंगलबार) बस्दैछ ।
बिहान साढे ११ बजे बस्ने बैठकमा दुईवटा विधेयकमाथि छलफल गर्ने कार्यसूची छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक टेबल हुनेछ ।
त्यसपछि मुख्य न्यायाधिवक्ताको काम कर्तव्य अधिकार र सेवाको अन्य शर्त सम्बन्धि ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेशसभामा सैद्धान्तिक छलफल हुनेछ । प्रदेशसभाको छैटौं तथा हिउँदे अधिवेशन हिजो (सोमबार)बाट सुरु भएको थियो ।

























