अमेरिकी डलरको मूल्य बढ्यो, अरु देशको कस्तो छ ?

Share this
625shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ११, शुक्रबार ०६:१३
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि निधारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ।

अमेरिकी डलरसँगै साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउ पनि बढेको छ ।
युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको भाउ भने घटेको छ।

केही विदेशी मुद्राको मूल्य भने स्थिर छ। केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ०४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ६४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ३६ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ७० रुपियाँ ८९ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९६ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ । सिंगापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा एवं चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा कायम गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०६ पैसा र बिक्रीदर चार रुपैयाँ ०८ पैसा तथा युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तथा साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२ रुपैयाँ ५८ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा तथा कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ८५ पैसा तथा ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ६३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १९ पैसा तोकिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

निर्धारित विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर ‘वेबसाइट’मा उपलब्ध हुने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.