
विराटनगर । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज ३ सय रुपैयाँ घटेको हो ।
आइतबार तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ३०० रुपैयाँ घट्दै १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

























