९२ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १७:४०

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—११ स्थित ज्येष्ठ नागरिक वडा समिति तथा योग ध्यान केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका छन् । 

स्वास्थ्य कार्यालय मोरङको आयोजना, विराटनगर महानगरपालिकाको समन्वय तथा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकलाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो ।

शिविरमा ६२ जनाले फिजिसियन सेवा, ३५ जनाले नाक, कान घाँटी, ४० जनाले छाला र ४५ जनाले भिडियो एक्सरे सेवा लिएको महानगरको स्वास्थ्य महाशाखाका तथ्याङ्क अधिकृत दीपक भट्टराईले जानकारी दिए ।

शिविरमा वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवलगायतले शुभकामना दिएका थिए ।

महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । 

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×