९२ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलवार १७:४०

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—११ स्थित ज्येष्ठ नागरिक वडा समिति तथा योग ध्यान केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका छन् । 

स्वास्थ्य कार्यालय मोरङको आयोजना, विराटनगर महानगरपालिकाको समन्वय तथा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकलाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो ।

Advertisement

शिविरमा ६२ जनाले फिजिसियन सेवा, ३५ जनाले नाक, कान घाँटी, ४० जनाले छाला र ४५ जनाले भिडियो एक्सरे सेवा लिएको महानगरको स्वास्थ्य महाशाखाका तथ्याङ्क अधिकृत दीपक भट्टराईले जानकारी दिए ।

शिविरमा वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवलगायतले शुभकामना दिएका थिए ।

महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । 

clockप्रकाशित मिति:  २०८१ माघ १५, मंगलवार १७:४०
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.