
विराटनगर । नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले संविधान संशोधन, आवश्यकता र चुनौती विषयक कार्यक्रम गर्ने भएको छ ।
बुद्धिजीवी विभागले मंगलबार (आज) विराटनगरमा पत्रकार सम्मेलन माघ १७ विराटनगरमा कार्यक्रम हुने जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा. डिला संग्रौलाले कांग्रेसका नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यमा हुने छलफल कार्यक्रममा वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यले संविधान संशोधन, आवश्यकता र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्ने बताइन् ।
पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको छ ।
























