माघ २२ देखि कोशी प्रदेशमा एचपीभी खोप लगाइँदै 

Share this
637shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १९:५५

विराटनगर । माघ २२ गतेदेखि  फागुन ७ गतेसम्म कोशी प्रदेशका सबै जिल्लामा लगाउने एचपीभी खोप अभियानको तयारी पूरा भएको स्वास्थ्य निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।

मंगलबार विराटनगरमा एचपीभी खोप अभियान २०८१ का बारेमा सरोकारवालाहरूसँग भएको अभिमुखीकरण कार्यक्रममा खोपका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको थियो । 

१० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई दिइने एचपीभी खोप कोशी प्रदेशमा २ लाख ६५ हजारलाई दिइने लक्ष्य रहेको छ ।

५ हजार ९२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने १० हजार ४ जना स्वयंसेवक खटाइने तयारी गरिएको छ ।  सबै जिल्ला स्वास्थ्य कार्यालयहरूमा एचपीभी खोप र अन्य आवश्यक सामग्री पुगिसकेका छन् ।

पाठेघरको मुखको क्यान्सर प्रमुख कारक एचपीभी भएकाले खोपबाट रोकथाम गर्न सकिने भएको हुँदा यो अभियान सञ्चालन हुने भएको हो । 

पाठेघरको मुखको क्यान्सर निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै राष्ट्रिय खोप सल्लाहकार समितिले राष्ट्रिय खोप तालिकामा एचपीभी खोप समावेश गरिएको हो ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ७ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीहरूलाई खोप लगाइने छ । 

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×