माघ २२ देखि कोशी प्रदेशमा एचपीभी खोप लगाइँदै 

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १९:५५

विराटनगर । माघ २२ गतेदेखि  फागुन ७ गतेसम्म कोशी प्रदेशका सबै जिल्लामा लगाउने एचपीभी खोप अभियानको तयारी पूरा भएको स्वास्थ्य निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।

मंगलबार विराटनगरमा एचपीभी खोप अभियान २०८१ का बारेमा सरोकारवालाहरूसँग भएको अभिमुखीकरण कार्यक्रममा खोपका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको थियो । 

Advertisement

१० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई दिइने एचपीभी खोप कोशी प्रदेशमा २ लाख ६५ हजारलाई दिइने लक्ष्य रहेको छ ।

५ हजार ९२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने १० हजार ४ जना स्वयंसेवक खटाइने तयारी गरिएको छ ।  सबै जिल्ला स्वास्थ्य कार्यालयहरूमा एचपीभी खोप र अन्य आवश्यक सामग्री पुगिसकेका छन् ।

पाठेघरको मुखको क्यान्सर प्रमुख कारक एचपीभी भएकाले खोपबाट रोकथाम गर्न सकिने भएको हुँदा यो अभियान सञ्चालन हुने भएको हो । 

पाठेघरको मुखको क्यान्सर निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै राष्ट्रिय खोप सल्लाहकार समितिले राष्ट्रिय खोप तालिकामा एचपीभी खोप समावेश गरिएको हो ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ७ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीहरूलाई खोप लगाइने छ । 

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.