विशेष अफरसहित विराटनगरमा श्रीजा अटोमोबाइल्सको एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १६, बुधबार १०:५५

विराटनगर । विराटनगरको श्रीजा अटोमोबाइल्सले बुधबार (आज)देखि एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु गरेको छ ।

साङ्ग्रिला मोटर्सको अधिकृत वितरक श्रीजा अटोमोबाइल्सले माघ १६ देखि माघ १९ गतेसम्म विशेष अफरसहित विराटनगरमा एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प गर्न लागेको हो ।

४ दिनसम्म हुने कार्यक्रममा ग्राहकहरूले लिपमोटर सी १० र सिट्रोन ईसी ३ मोडलका अत्याधुनिक विद्युतीय सवारी साधनसँग एक्सचेन्जका साथै टेस्ट ड्राइभ गरी अनुभव लिन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार लिपमोटर सी १० र सिट्रोन ईसी ३ विद्युतीय सवारी स्लीक डिजाइनका साथै आरामदायी अनुभव गर्न सकिन्छ ।

यस अवसरमा कम्पनीले ग्राहकहरूका लागि विशेष छुटको व्यवस्थाका साथ चार्जर निःशुल्क उपलब्ध गराउने बताइएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.