‘मोडुलर अप्रेसन थिएटर’को सेवा विराटनगरको न्यूरो अस्पतालमा सुरू 

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १७, बिहीबार २०:२१

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पताल (न्यूरो अस्पताल)मा अत्याधुनिक उपकरण जडान गरिएको ‘मोडुलर अप्रेसन थिएटर’को सेवा सुरु भएको छ । 

‘मोडुलर अप्रेसन थिएटर’मा एकै पटकमा ५ वटासम्म शल्यक्रिया गर्नसक्ने गरी बिहीबार (आज)देखि सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ ।

एक कार्यक्रमबीच अस्पतालका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्ट र निर्देशक अनिशा विष्टले संयुक्त रुपमा थिएटरको उद्‌घाटन गरे ।  

बिरामीहरूले अप्रेसनका लागि समय कुर्नु पर्थ्यो अब त्यसरी समय पर्खनु पर्दैन । बिरामीको हकमा यसले सङ्क्रमणको जोखिम कम गर्न मद्दत गर्दछ र बिरामीको सुरक्षा र हेरचाहका लागि चाहिने मापदण्डहरू पूरा गर्ने बताउँदै, अध्यक्ष विष्टले भने, ‘‘मोडुलर अप्रेसन थिएटर’ नयाँ सोच र निरन्तर सुधारतर्फको हाम्रो प्रतिबद्धताको प्रतीक हो । हामी समाजलाई नवीनतम चिकित्सा प्रविधि र प्रथाहरू भित्र्याएर हर सम्भव उत्कृष्ट सेवा प्रदान गर्न लागी परेका छौं ।’

शल्यक्रियाका लागि चाहिने नवीनतम उपकरणहरू र त्यसलाई सहयोग गर्ने अत्याधुनिक प्रणाली जडित रहेकोले यसले जटिल र विविध प्रकारका शल्यक्रियाहरू गर्न मद्दत पुग्ने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।

उनले नयाँ प्रविधिसहितको अप्रसेन थिएटरले आपतकालीन अवस्थामा प्रभावकारी रूपमा कार्य गर्न सहयोग गर्ने र बिरामीले शल्यक्रिया गर्दा सङ्क्रमणको जोखिम धेरै कम हुने हुँदा अस्पताल बसाइ पनि कम हुने बताए ।

अस्पतालले भर्खरै वरिष्ठ न्यूरो सर्जन डा. रोशन खतिवडा र वरिष्ठ न्यूरो सर्जन डा. सुनीलकुमार दासलाई भित्र्याएको छ । यसै वर्ष अस्पतालले ‘मोडुलर अपे्रसन थिएटर’का साथै एमआरआई, एआई, सिटी स्क्यान, डेक्सा स्क्यान र बिरामीहरूका लागि सुविधा सम्पन्न निजी क्याबिनहरूमा ठूलो लगानी गरेको अस्पतालले जनाएको छ । 

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×