‘मोडुलर अप्रेसन थिएटर’को सेवा विराटनगरको न्यूरो अस्पतालमा सुरू 

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १७, बिहीबार २०:२१

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पताल (न्यूरो अस्पताल)मा अत्याधुनिक उपकरण जडान गरिएको ‘मोडुलर अप्रेसन थिएटर’को सेवा सुरु भएको छ । 

‘मोडुलर अप्रेसन थिएटर’मा एकै पटकमा ५ वटासम्म शल्यक्रिया गर्नसक्ने गरी बिहीबार (आज)देखि सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ ।

Advertisement

एक कार्यक्रमबीच अस्पतालका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्ट र निर्देशक अनिशा विष्टले संयुक्त रुपमा थिएटरको उद्‌घाटन गरे ।  

बिरामीहरूले अप्रेसनका लागि समय कुर्नु पर्थ्यो अब त्यसरी समय पर्खनु पर्दैन । बिरामीको हकमा यसले सङ्क्रमणको जोखिम कम गर्न मद्दत गर्दछ र बिरामीको सुरक्षा र हेरचाहका लागि चाहिने मापदण्डहरू पूरा गर्ने बताउँदै, अध्यक्ष विष्टले भने, ‘‘मोडुलर अप्रेसन थिएटर’ नयाँ सोच र निरन्तर सुधारतर्फको हाम्रो प्रतिबद्धताको प्रतीक हो । हामी समाजलाई नवीनतम चिकित्सा प्रविधि र प्रथाहरू भित्र्याएर हर सम्भव उत्कृष्ट सेवा प्रदान गर्न लागी परेका छौं ।’

शल्यक्रियाका लागि चाहिने नवीनतम उपकरणहरू र त्यसलाई सहयोग गर्ने अत्याधुनिक प्रणाली जडित रहेकोले यसले जटिल र विविध प्रकारका शल्यक्रियाहरू गर्न मद्दत पुग्ने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।

उनले नयाँ प्रविधिसहितको अप्रसेन थिएटरले आपतकालीन अवस्थामा प्रभावकारी रूपमा कार्य गर्न सहयोग गर्ने र बिरामीले शल्यक्रिया गर्दा सङ्क्रमणको जोखिम धेरै कम हुने हुँदा अस्पताल बसाइ पनि कम हुने बताए ।

अस्पतालले भर्खरै वरिष्ठ न्यूरो सर्जन डा. रोशन खतिवडा र वरिष्ठ न्यूरो सर्जन डा. सुनीलकुमार दासलाई भित्र्याएको छ । यसै वर्ष अस्पतालले ‘मोडुलर अपे्रसन थिएटर’का साथै एमआरआई, एआई, सिटी स्क्यान, डेक्सा स्क्यान र बिरामीहरूका लागि सुविधा सम्पन्न निजी क्याबिनहरूमा ठूलो लगानी गरेको अस्पतालले जनाएको छ । 

clockप्रकाशित मिति:  २०८१ माघ १७, बिहीबार २०:२१
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.