
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला २ हजार ३ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य बढेर सुन प्रतितोला १ लाख ६२ हजार ८ सय पुगेको छ ।
बिहीबार मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लोपटक एकै दिन यति धेरै मूल्य बढेको हो ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेको हो ।
चाँदी शुक्रबार प्रतितोला १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ हजार ८ सय ८५ रुपैयाँ थियो ।

























