विराटनगरबाट मानव कंकालसहित १ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २०, आइतबार १३:१२

विराटनगर । विराटनगरबाट मानव कंकालसहित १ जनालाई सशस्त्र प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद रायलाई पक्राउ गरेको हो । भारतबाट मानव कंकाल लिएर आउँदै गर्दा रायलाई पक्राउ गरिएको गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी बलका डीएसपी ऋषिकेश राउतले जानकारी दिए ।

Advertisement

उनका अनुसार रिक्सामा राखेर भारतबाट मानव कंकाल लिएर आउँदै गर्दा विराटनगर–१५ स्थित २ नम्बर ढाटमा ड्युटीमा रहेको सशस्त्र प्रहरीले फेला पारेको थियो । पक्राउ परेका रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएको छ ।

उनीसँगै रहेकी १ जना महिला रिक्साबाट ओर्लिएर फरार भएकाले खोजी तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले रायलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ ।

सशस्त्र प्रहरीका अनुसार राय यसअघि पनि मानव कंकालसहित विराटनरबाट पक्राउ परेका थिए । सशस्त्रले यसअघि २०७८ असोज र चैतमा पनि मानव कंकाल बरामद गरेको थियो ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.