रंगेलीमा वृद्ध पुरुष मृत फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २०, आइतबार १५:३७

विराटनगर । मोरङको रंगेलीमा आइतबार दिउँसो १ जना वृद्ध पुरुष मृत फेला परेका छन् ।

रंगेली नगरपालिका–३ दौतलपुरका अन्दाजी ६५ वर्षीय हरिलाल किस्कु मृत भेटिएका हुन् । स्थानीय केदार उप्रेतीको गाईगोठ बाहिरको खाटमा किस्कु सुतेका थिए ।

Advertisement

उठाउन खोज्दा मृत अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका हुन् । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

clockप्रकाशित मिति:  २०८१ माघ २०, आइतबार १५:३७
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.