मोरङमा माघ २३ गतेदेखि एचपीभी खोप लगाइँदै 

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २०, आइतबार २०:४४

विराटनगर । मोरङमा पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)’ खोप अभियानको तयारी पूरा भएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

विराटनगरमा आइतबार स्वास्थ्य कार्यालय मोरङले पत्रकार सम्मेलन गरी २ चरणमा हुने एचपीभी खोप अभियानको तयारी पूरा भएको जानकारी दिइएको हो ।

मोरङमा माघ २३ गते पहिलो चरण र माघ २७ गतेबाट दोस्रो चरणको एचपीभी खोप अभियान सुरु हुने खोप अधिकृत उत्सव पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए । 

मोरङमा ६ देखि कक्षा १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका ६१ हजार १ सय ७ जना किशोरीहरूलाई एचपीभी खोप लगाउने लक्ष्य रहेको पोखरेलले बताए । 

पहिलो चरणमा माघ २३ देखि विराटनगर, लेटाङ, बेलबारी, सुन्दरहरैँचा,  मिक्लाजुङ, बुढीगंगा, ग्रामथान, केराबारीमा खोप लगाइने छ । दोस्रो चरणमा भने माघ २७ गतेबाट पथरीशनिश्चरे, उर्लाबारी, सुनबर्षी, रंगेली, रतुवामाई, कानेपोखरी, धनपालथान, जहदा र कटहरीमा खोप अभियान सुरु हुनेछ । 

मोरङमा सबैभन्दा बढी ६ सय १३ विद्यालयमा खोप केन्द्र रहेको छ । ६१ हजार १ सय ७ मध्ये विद्यालयको खोप केन्द्रहरूबाट ५० हजार ५ सय ९७ जना किशोरीहरूलाई खोप लगाउने लक्ष्य लिइएको पोखरेलले बताए । 

विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १० हजार ५ सय १० जना किशोरी छन् । उनीहरूलाई समुदायस्तरमा स्थापना गरिएको खोप केन्द्रबाट खोप लगाउने तयारी भएको छ । 

त्यस्तै, १ सय ६४ स्वास्थ्य संस्था केन्द्र, ७७ समुदायस्तरमा गरी जम्मा ८ सय ५४ खोप केन्द्रबाट किशोरीहरूलाई खोप लगाइने छ । 

किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन खोप अभियान सञ्चालन गर्न थालेको हो । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेको छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×