कोशी प्रदेशमा एचपीभी खोप अभियान सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलवार १८:०६

विराटनगर । कोशी प्रदेशमा आज (मंगलबार)देखि एचपीभी खोप अभियान सुरु भएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सुरु भएको हो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले सुनसरीको बर्जुमा रहेको रामसीता माध्यमिक विद्यालयबाट अभियानको सुरुवात गरेको छ ।

Advertisement

अभियानअन्तर्गत प्रदेशभित्र विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु ५० हजार ५ सय ९७ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइने छ । अभियान फागुन ७ गते सम्म सञ्चालन हुने छ ।

अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लक्षित वर्गका बालिकाहरु खोपबाट बञ्चित नहुने गरी काम गर्न आग्रह गरेका छन् । कोही पनि नछुट्ने गरी काम गर्न उनको आग्रह छ ।

खोप लगाउनबाट १ जना किशोरी छुटेमात्रै पनि यसले समाजमा नकरात्मक असर गर्ने भएकाले विशेष ध्यान दिन कार्कीले आग्रह गरे । जनताको स्वास्थ्य पहिलो प्राथमिकतामा रहनुपर्नेमा उनको जोड छ । प्रदेशवासीको स्वास्थ्य नै पहिलो दायित्व रहेकोमा प्रदेश सरकार स्पष्ट रहेको भन्दै उनले सबै खाले खोपहरुलाई नियमित बनाउने बताए ।

मुख्यमन्त्री कार्कीले सबैलाई ढुक्क भएर खोप लगाउन समेत आग्रह गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोप अभियानमा लक्षित उमेर समूहका कुनै पनि किशोरी छुट्न नहुनेमा जोड दिएका छन् ।

clockप्रकाशित मिति:  २०८१ माघ २२, मंगलवार १८:०६
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.