कोशी प्रदेशमा एचपीभी खोप अभियान सुरु

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार १८:०६

विराटनगर । कोशी प्रदेशमा आज (मंगलबार)देखि एचपीभी खोप अभियान सुरु भएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सुरु भएको हो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले सुनसरीको बर्जुमा रहेको रामसीता माध्यमिक विद्यालयबाट अभियानको सुरुवात गरेको छ ।

अभियानअन्तर्गत प्रदेशभित्र विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु ५० हजार ५ सय ९७ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइने छ । अभियान फागुन ७ गते सम्म सञ्चालन हुने छ ।

अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लक्षित वर्गका बालिकाहरु खोपबाट बञ्चित नहुने गरी काम गर्न आग्रह गरेका छन् । कोही पनि नछुट्ने गरी काम गर्न उनको आग्रह छ ।

खोप लगाउनबाट १ जना किशोरी छुटेमात्रै पनि यसले समाजमा नकरात्मक असर गर्ने भएकाले विशेष ध्यान दिन कार्कीले आग्रह गरे । जनताको स्वास्थ्य पहिलो प्राथमिकतामा रहनुपर्नेमा उनको जोड छ । प्रदेशवासीको स्वास्थ्य नै पहिलो दायित्व रहेकोमा प्रदेश सरकार स्पष्ट रहेको भन्दै उनले सबै खाले खोपहरुलाई नियमित बनाउने बताए ।

मुख्यमन्त्री कार्कीले सबैलाई ढुक्क भएर खोप लगाउन समेत आग्रह गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोप अभियानमा लक्षित उमेर समूहका कुनै पनि किशोरी छुट्न नहुनेमा जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×