
काठमाडौं । मानव तस्करीको आरोपमा प्रहरीले नेपाली कांग्रेसका १ जना नेतालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव तस्करी र ठगीको आरोपमा पक्राउ गरेको हो ।
एसएसपी दीपेन्द्र जीसीका अनुसार खनालको साथबाट २ करोड ७० लाखको चेकसमेत बरामद भएको छ । विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनेर करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको जानकारी जीसीले दिए ।
पीडितहरुको जाहेरीका आधारमा पक्राउ पक्राउ गरिएको उनको भनाइ छ । खनालका बारेमा प्रहरीले थप विवरण सार्वजनिक गरिसकेको छैन ।

























