रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएन, हिरासतमा राख्न आदेश

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २३, बुधबार १७:३८

विराटनगर । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दाको थुनछेक बहस आज (बुधबार) सकिएन ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा आजै उनको बयान लिइएको थियो । बयान सकिएपछि बहस सुरु भयो । तर, पहिलो दिन जाहेरवाला (सहकारी पीडित) र सरकारी वकिलसहित ४ जनाले बहस गरेका छन् ।

सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन् । त्यस्तै, जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन् ।

साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दाको बहस बिहीबार पुनः हुने छ । अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अब ३ जना सरकारी वकिल र रविको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गर्ने छन् ।

लामिछानेसहित १५ जनाविरुद्ध मंगलबार चितवन अदालतमा मुद्दा दायर भएको थियो । १२ जनाविरुद्ध संगठित अपराध र ठगी दुवै अपराधमा मुद्दा दर्ता भए पनि लामिछानेविरुद्ध भने ठगी मुद्दा मात्रै दर्ता भएको छ ।

लामिछानेसहित १५ जनाविरुद्ध पुरक अभियोग दर्ता भएको हो । त्यसअघि १७ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । ३२ जनाविरुद्ध ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको हो ।

बहस नसकिएपछि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा राख्न आदेश दिएको छ । पुनः बहसका लागि उपस्थित गराउने गरी अदालतले हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

 

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.