अब भारतले नाकाबन्दी गर्दैन : प्रधानमन्त्री ओली

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २३, बुधबार १७:५२

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारतले नाकाबन्दी नगर्ने बताएका छन् । चिया क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्काल काम थाल्ने प्रतिबद्धता जनाउँदै उनले अब चिनसँगको नाका खुलिसकेकाले भारतले नाका बन्द गर्न नसक्ने बताए ।

चिया उद्योगी, चिया मजदुर, चिया व्यापारीलगायत चिया क्षेत्रका सरोकारवालाबाट ध्यानाकर्षण पत्र बुझ्दै ओलीले भारतसँग चिया निर्यातका विषयमा आफूले कुरा गर्ने बताए । भारतीय चिया अक्सन .(लिलामी) बजारमा अनिवार्य रूपमा नेपाली चिया राखेपछि मात्रै निर्यात गर्न पाउने तयारी भएपछि चिया क्षेत्रका सरोकारवालाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले भने, ‘भन्नै पर्ने भएपछि त भन्न पर्‍यो नि । म मेरो ‘च्यानल’बाट कुरा गर्छु उहाँहरु (कर्मचारीलाई देखाउँदै)को ‘फर्मल च्यानल’बाट पनि कुरा हुन्छ ।’ प्रधानमन्त्री ओलीले आफ्नो कामको परिणाम २÷४ दिनमै आउने भन्दै सरोकारवालालाई आश्वस्त पारे ।

ओलीले आफूलाई चिया क्षेत्रको समस्याको बारेमा सबै कुरा थाहा भएको भन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘ट्टावारिमा चिया रोपेको ,इलाममा बगान खुलेको पनि मलाई थाहा छ । धेरै मेरा साथीहरू चियाको विकास र खेतीमा लाग्नु भएको छ । हामीले अहिले सम्म विकल्प नखोज्दा समस्या भएको हो । अब विकल्प पनि खोज्न तयार हुनुपर्छ । चियाको बजारमा भारतसँग मात्रै भर पर्दा हामीले दुःख पाएका छौं । अब विकल्पसमेत खोज्न थाल्नुस् ।’

प्रधानमन्त्रीले अब भारतले नाकाबन्दी नगर्ने दाबी गर्दै भने, ‘हामी हिजोसम्म तेस्रो देशकका लागि भारतीय नाकाको भर पर्यौं, अहिले चीनसँगका नाका धेरै खुले । अब भारतले नाकाबन्दी नै गर्दैन ।’ प्रधानमन्त्री ओलीले चियाको बजार पनि तेस्रो देशमा खोज्न व्यापारीलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपाली चियालाई भारतमा लगेर दार्जिलिङ चिया भन्दै बेच्ने गरेको समेत बताए । नेपाली चिय को गुणस्तर राम्रो भएको उनको भनाइ छ । प्रधानमन्त्रीसँगको संवादमा चिया उत्पादक ससंघका अध्यक्ष आदित्य पराजुलीले भारतले नेपाली चिया निर्यातै गर्न नसक्ने अवस्थामा पुर्याएको बताए । उनले प्रधानमन्त्रीसमक्ष भारतले अक्सनका नाममा अनिवार्य एजेन्ट राख्नुपर्ने, उसले तोकेको प्रयोगशालामा परीक्षण गराउनुपर्ने गरी बाध्यकारी नियम लगाएको बताए ।

उनले भने, ‘चियाको परीक्षण गर्न ३२ वटा प्रयोगशाला मध्य एउटामा मात्र गर्नपर्ने परीक्षणको नतिजा न आएसम्म उसको गोदाममा राख्नुपर्ने र ‘नट फिट फर कन्जम’को रिपोर्ट आए त्यही नष्ट गर्ने नियम ल्याएको छ । जसका कारण चिया निर्यात नै हुन सक्दैन ।’

चिया उद्योगी कमल मैनालीले चिया उत्पादन सुरु हुने बेलामा भारतले निर्यातमा अवरोध गर्ने नीति लिएको बताए । प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएपछि भएको छलफलमा मैनालीले नेपालमा चिया परीक्षण गर्ने ल्याबसमेत पुरानो प्रविधिको भएकाले समस्या हुने गरेको बताए ।

झापा र इलाम क्षेत्रका सरोकारवालाहरू प्रादेशिक संवाद समूहको सहजिकरणमा चिया क्षेत्रको समस्याका विषयमा संवाद गर्न संघीय सरकारका सरोकारवाला मन्त्रालयका मन्त्रीसँग काठमाडौं पुगेका छन् । समस्याका विषयमा संवाद गर्न चिया उत्पादक, किसान, चिया सहकारीका सञ्चालक, प्याकेजर्स र मजदुर का प्रतिनिधिसमेत गएको सहजकर्ता एकराज गिरीले बताए ।

प्रधानमन्त्रीका अतिरिक्त कृषि तथा पशुपक्षी विकासमन्त्रीसँग समेत चिया क्षेत्रमा देखिएका समस्याका विषयमा संवाद भएको उनले बताए । यस्तै ऊर्जा मन्त्रीसँग समेत समेत संवाद गर्ने तयारी रहेको गिरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.