उपेन्द्र यादवले मुख्यमन्त्री मागेपछि संसदमा पेस भएन अध्यादेश

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २४, बिहीबार १३:५५

काठमाडौं । सरकारले ल्याएका ६ वटा अध्यादेशहरू संसद बैठकमा निर्णयार्थ पेस हुने भाका सरेको छ । राष्ट्रिय सभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नभएको हो ।

अध्यादेश पेश नभएपछि राष्ट्रियसभाको बैठक केही समय बसेर आइतबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभामा कांग्रेस एमालेको सहज बहुमत भएपनि राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा छ ।

राष्ट्रिय सभाबाट अध्यादेश पास गर्न सत्तापक्षले जसपा नेपालको साथ खोजेको थियो । जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्री मागेपछि सत्ता पक्षले थप छलफल गर्ने भन्दै आज अध्यादेश पेश नगरेकाे हाे ।

५९ सदस्यीय राष्ट्रियसभामा बहुमत पुर्‍याउन ३० सिट अनिवार्य हुन्छ ।

राष्ट्रियसभामा कांग्रेसका १६ र एमालेका १० सांसद छन् । त्यसबाहेक मनोनित एमालेकै नेतृ अञ्जना शाक्य र वामदेव गौतमसहित गर्दा एमालेसँग १२ सिट छ । कांग्रेस र एमाले जोडेर २८ मात्रै पुग्छ । सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको १ जना पनि सत्तापक्षमा छन् ।

विपक्षमा माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी ८ र राष्ट्रिय जनमोर्चा १ गरेर २६ जना सांसद छन् । सरकारमा नरहेको जसपा नेपालसँग ३ जना सांसद छन् । अध्यादेश पास वा फेल गराउन जसपा निर्णायक छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.