दुर्गमको दुर्दशा : प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २५, शुक्रबार ०८:२५

संखुवासभा । भौगोलिक विकटताका कारण प्रसूति व्यथा लागेको लामो समयसम्म पनि गर्भवतीले उपचार नपाउने समस्या कायमै छ ।

संखुवासभाको दुर्गम उत्तरी भोटखोला गाउँपालिका–४ नामासेबाट १ जना गर्भवतीलाई उद्धार गरेर उपचारका लागि सुविधा सम्पन्न अस्पताल पुर्याउन निक्कै समय लाग्यो । व्यथाले छटपटाइरहेकी ३६ वर्षीया याङजम भोटेको १८ घण्टापछि मात्रै उद्धार सम्भव भएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर पठाएर उनको उद्धार गरेको थियो । संखुवासभाको अति दुर्गम भोटखोलामा यातायातको सहज पहुँच छैन । भोटखोला भौगोलिक हिसाबले निक्कै विकट छ ।

घरमै लामो समयसम्म प्रसूति व्यथा लागेकी याङजमलाई बुधबार बिहान १० बजे नामासे सामुदायिक स्वास्थ्य इकाईमा भर्ना गरिएको थियो । त्यहाँ प्रसूति गराउन सम्भव भएन ।

भोटखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं स्वास्थ्य शाखा प्रमुख फुर्पु भोटेका अनुसार लामो समयसम्म व्यथाले छटपटाएकी महिलालाई स्थानीय स्तरमा प्रसूति गराउन सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि पठाइएको हो । ‘यातायातको पहुँच छैन । भनेका बेला उपचार गराउन पाइँदैन । प्रसूति व्यथा लागेपछि तत्काल अस्पताल पुर्याउनुपर्ने हुन्छ । तर, गर्भवतीले समयमै सेवा पाउने अवस्था छैन । दुर्गमको दुर्दशा भनेकै यही हो,’ उनले भने ।

भोटेका अनुसार प्रसूति व्यथाले चापेको १८ घण्टापछि गर्भवतीलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर थापाथली प्रसूतिगृह काठमाडौं पठाइएको छ । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्दार गरी सुविधा सम्पन्न अस्पताल पुर्याउने व्यवस्था मिलाउँछ ।

स्वास्थ्य अवस्था जटिल बनेर जोखिममा परेका गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गर्नु परेको भोटेले बताए । उनका अनुसार दुर्गममा जोखिममा परेका सुत्केरी तथा गर्भवतीहरुका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई उद्दार प्रभावकारी देखिएको छ ।

विकट क्षेत्रमा लामो समयदेखि व्यथा लागेर पनि बच्चा जन्माउन कठिन भएका गर्भवतीलाई निःशुल्क हवाई उद्धार गर्ने गरिएको छ । त्यस्तै, गर्भमा नै बच्चाको मृत्यु भएका र अत्यधिक रक्तश्रावका कारण जोखिममा परेका सुत्केरीलाई पनि निःशुल्क हवाई उद्धारको व्यवस्था सरकारले गरेको छ ।

भौगोलिक विकटताका कारण वर्थिङ सेन्टर र स्वास्थ्य चौकीहरुमा शल्यक्रियासहितको प्रसूति सेवा उपलब्ध नरहेको भोटेले बताए । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दुर्गममा भरपर्दो प्रसूति सेवा छैन ।

सहज बच्चा जन्माउन नसक्ने गर्भवतीको उपचार जिल्लामा सम्भव छैन । २०७७ सालयता संखुवासभाबाट मात्रै २ दर्जनभन्दा बढी गर्भवती एवं सुत्केरीको हवाई उद्धार गरिएको छ । उद्धार गरिएकाहरु अधिकांश १७ देखि ३६ वर्ष उमेर समूका छन् ।

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×