रास्वपाले भन्यो, ‘रवि लामिछानेको निलम्बन फुकुवा हुनुपर्छ’

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २५, शुक्रबार १५:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी अध्यक्ष रवि लामिछानेको संसद पद निलम्बन फुकुवा हुनुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा शुक्रबार बोल्दै पार्टीका कार्यवाहक सभापति एवं सांसद डीपी अर्यालले लामिछानेमाथि संसदले पनि प्रतिशोध साँधेको आरोप लगाए । उनले संसदले पनि सरकारको रबैयालाई समर्थन गरेको बताए ।

सरकारले प्रतिशोध साँध्दा संसदले पनि त्यही बाटो अपनाएको अर्यालको भनाइ छ । चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्ने उनको भनाइ छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सरकारले झुटा मुद्दा लगाएर फसाउने कुनियत राखेको कुरा जनतालाई प्रष्ट थाहा भइसकेको अर्यालको भनाइ छ ।

अर्यालले लामिछानेको सांसद पद निलम्बनको फुकुवा गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका छन् । थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न उनले सभामुखसमक्ष माग गरेका हुन् ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.