कविता : युद्धका चित्कारमा हराएको मानवता

Share this
695shares
मुलुकी खबर
दिलकुमार घमाल
clock२०८१ फागुन १२, सोमबार ०८:५६

हिजोका तारा आज धमिलिएका छन्
सपनाहरूको बगैँचामा अब खरानी उड्छ
कहिले नरोकिने आँसु झार्छिन् आमा
बुबाको काँधमा भार बनेर उठ्छ पीडाको पहाड

समुन्द्र किनारमा बालुवाका
महल बनाउने साना हातहरू
अब धुलोले पोतिएका छन्
हिजो हाँसिरहेका ती अनुहारहरू
आज विस्फोटका आवाजसँगै
तितरबितर भएका छन्

नानीको हात समातेर भाग्छिन् आमा
तर मृत्युले छायाँझैँ पछ्याइरहन्छ
रंगीन शहरहरू खरानीमा परिणत छन्
जहाँ कहिल्यै नओइलाउने सम्झनाहरू थिए 

युद्धका भाषणहरू ठूला छन्
तर तिनले भोक मेटाउन जान्दैनन्
गोलाबारुदले सीमा कोरिरहँदा
संसारको नक्सामा मानवता हराइरहे छ

के अब शान्तिको सुगन्ध फर्कने छैन ?
के फेरि ती बालबालिकाले मुस्कान पाउने छैनन् ?
के आमा अब आफ्ना छोराछोरीहरूलाई
निडर भएर अँगालो मार्न सक्ने छैनन् ?

यो पृथ्वी किन यति क्रूर बन्यो ?
किन मानिसहरूले प्रेम बिर्से ?
रगतले पोतिएको आकाश मुनि
केही उज्यालो सपना अझै बाँकी छ ?

शायद
कुनै दिन युद्धका आगो निभ्नेछन्
मानवता फेरि फुल्ने छ
अनि झाँगिनेछ
त्यो दिन सबैभन्दा सुन्दर हुनेछ
जब पृथ्वीको एउटा पनि बच्चा
डरले होइन सपनाले निदाउने छ !

तपाइको प्रतिक्रिया
इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र दस्तुरको विवरण बुझाउन प्राधिकरणको निर्देशन
सुनको मूल्य घट्यो
सीओपीडी रोगको जोखिम र समयमै उपचारबारे जनचेतना र्‍याली
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.