एमालेलाई निर्णायक शक्ति बनाउनुपर्छ : बादल

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १७, शनिबार १६:१४

विराटनगर । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एमालेलाई निर्णायक शक्ति बनाउनुपर्ने बताएका छन् ।

एमाले मोरङको १० औं जिल्ला अधिवेशनको प्रमुख अतिथि बनेका बादलले राजनीतिक स्थिरताका निम्ति एमालेलाई निर्णायक शक्ति बनाउनुपर्ने बताएका हुन् । उनले एमालेमा पछिल्लो समय गुट रहेको बताउँदै गुट अन्त्य गरेर पार्टी बनाउनुपर्ने बताए ।

उनले माओवादी केन्द्र, जसपा, रास्वपासहित साना दलको नाम लिएर साना दल अवसरवादी भएको आरोप लगाए  । साना दलले राजनीतिक अस्थिरता र विभेद अन्त्य गर्न नसक्ने उनले बताए । उनले एमालेले मात्रै अवस्था बदल्न सक्ने बताए ।

अस्थिरता, असमानता र सामाजिक विभेदको अन्त्य समाजवादले मात्रै समाधान गर्न सक्ने उल्लेख गर्दै उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए । जिल्ला अधिवेशनबाट सहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्न नसके गुटबन्दी नगरी प्रक्रियामा जान आग्रह गरे ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.