एमाले मोरङको अधिवेशन : संस्थापन पक्षविरुद्ध विनोद ढकालको टिम तयार

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १७, शनिबार १९:००

विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्वका लागि २ पक्षबीच प्रतिस्पर्धा हुने भएको छ ।

विराटनगरमा आज (शनिबार)बाट एमालेको १० औं जिल्ला अधिवेशन सुरु भएको छ । भोलि आइतबार नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गर्ने कार्यसूची छ । पार्टीको जिल्ला नेतृत्व हत्याउन संस्थापन पक्ष र विनोद ढकाल पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गर्न लागेका छन् ।

संस्थापन पक्षले राजकुमार ओझालाई जिल्ला अध्यक्षमा अघि सार्ने तयारी गरेको छ । उनले आफू संस्थापन पक्षको उम्मेदवार भन्दै भोट मागिरहेका छन् । उद्घाटन सत्रमा शनिबार प्रतिनिधिहरुसँग ओझाले आफ्ना लागि भोट मागेका थिए ।

विनोद ढकालको समूहले अजम्बर राईलाई जिल्ला अध्यक्षको रुपमा अघि बढाउने तयारी गरेको छ । यो समूहले उपाध्यक्षमा सागर थापालाई अघि सार्ने तयारी गरेको छ । थापाले पनि  उपाध्यक्षका लागि भोट मागिरहेका छन् ।

ढकालको समूहले सचिवमा सोमराज थापालाई अघि सार्ने तयारी गरेको छ । यो समूहबाट उपसचिवमा उषा झा र सन्तोष वान्तवालाई अघि बढाउने तयारी गरेको ढकाल निकट नेताहरुले बताए ।

संस्थापन पक्षले उपाध्यक्षमा शान्ति भुजेललाई उम्मेवार बनाउने तयारी गरेको छ । यो समूहबाट रविन थापा सचिवको उम्मेदवार बन्ने छन् । थापाले पनि भोट मागिरहेका छन् । सहसचिवको नाम भने टुंगो लाग्न भने बाँकी रहेको संस्थापन पक्षका एक नेताले बताए ।

३ दिनसम्म चल्ने अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् ।

मोरङका १७ वटा स्थानीय तहका १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय १४ जना प्रतिनिधि चयन गरिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.