एमाले मोरङको अधिवेशनअन्तर्गत आज बन्दसत्र

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १८, आइतबार ०७:०२

विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनअन्तर्गत आज (आइतबार) बन्दसत्र हुने छ ।

एमाले मोरङ संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीका अनुसार बन्दसत्र सञ्चालनका लागि पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरेको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलको सदस्यमा केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, केन्द्रीय सल्लाहकार कमिटी सदस्य यशोदा अधिकारी, पूर्वअध्यक्ष ऋषिकेश पोखरेल र प्रदेश कमिटी सदस्य खेम नेपाली छन् ।

त्यसैगरी, एमालेको जिल्ला नेतृत्व चयनका लागि हुने निर्वाचनको प्रक्रियालाई अघि बढाउन वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा निर्वाचन कमिटी बनाइएको छ । यज्ञ शर्माको संयोजकत्वमा रूपेश खतिवडा, केदार कार्की, कञ्चनकला वर्मा र डिल्ली कर्ण प्रसाई रहेको माइन्युट लेखन कमिटी गठन गरिएको छ ।

अध्यक्ष मण्डलले आइतबार बिहान ८ बजदेखि बन्दसत्र सञ्चालन गर्ने छ । बन्दसत्रमा राजनीतिक एवं सांगठानिक र आर्थिक प्रतिवेदन पेस हुनेछ । छलफल सकिएर प्रतिवेदन हलबाट पारित भएपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ ।

अधिवेशनमा संस्थापन र इतर पक्षबाट २ वटा प्यानल बनेको छ । संस्थापन पक्षमा अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरु छन् । इतर पक्षको नेतृत्व विनोद ढकालले गरेका छन् ।

अधिवेशनका लागि ९ सय १४ प्रतिनिधि चयन गरिएको छ । संस्थापन पक्षले राजकुमार ओझा र इतर पक्षले अजम्बर राईलाई जिल्ला अध्यक्षको पमा अघि बढाउने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.