
काठमाडौं । ताप्लेजुङको पाथीभरामा क्षेत्रमा केबलकार निर्माणको प्रक्रिया अघि बढाउन नेकपा एमालेले सरोकारवालासँग छलफल गर्ने भएको छ ।
केबलकार निर्माणको पक्ष र विपक्षमा आन्दोलन भइरहेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले आन्दोलनका बारेमा चासो राख्दै निर्माण प्रक्रिया अघि बढाउनका लागि छलफल गर्ने निर्णय गरेको हो ।
‘पाथीभरा केबलकार निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि, सरोकारवालासँग छलफल गरी विवाद समाधान गर्ने,’ महासचिव शंकर महासचिव पोखरेलले भने,‘ केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन सरोकावालासँग छलफल गर्न पार्टीले चासो राखेको छ । त्यही कुरामा भूमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने ।’
























