एमाले माेरङ अधिवेशन : बन्दसत्रमा नाराबाजी, कार्यसूची प्रभावित

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १८, आइतबार १९:२९

विराटनगर । नेकपा एमाले मोरङ जिल्लाको दशौं अधिवेशनका क्रममा विवाद भएको छ । जिल्ला अधिवेशनका लागि मनोनित प्रतिनिधिको विषयमा विवाद भएको हो ।

पार्टीकाे संस्थापन पक्षले एकलौटी रुपमा ४६ जना प्रतिनिधि मनोनित गरेको भन्दै इतर समूहले बन्दसत्र हलमा नाराबाजी गरेको हो । नाराबाजी गरेको समूहले मनोनित प्रतिनिधि खारेज गर्न माग गरेकाे थियाे । मनाेनित प्रतिनिधि मध्ये अधिकांश संस्थापन पक्षका छन् । एकलाैटी रुपमा मनाेनित गरेकाे भन्दै इतर पक्षले नाराबाजी गरेपछि अधिवेशनको बन्दसत्र राेकिएकाे छ । 

बन्दसत्रमा अध्यक्षको प्रतिवेदन जिल्ला समितिले पास नगरेको र विराटनगर महानगर कमिटीका पूर्वअध्यक्ष सागर थापालाई कारवाही गरेको विषयमा पनि विवाद भएको थियो । ‘प्रदर्शन हुँदै बन्दसत्र चल्दै थियो पछिल्लो समय मनोनित प्रतिनिधिको विषयमा नाराबाजी भयो,’ एमालेका एक अधिवेशन प्रतिनिधिले भने,‘ पार्टी भित्रको प्रतिपक्ष समूहले मनोमानी रुपमा प्रतिनिधि छनोट भयो भन्दै नाराबाजी गर्याै ।’

नाराबाजीपछि जिल्ला अधिवेशनको कार्यतालिका प्रभावित भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज बेलुकाबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरेर मनोनयन प्रक्रिया अघि बढाउने तयारी थियो । तर अधिवेशन भित्र नाराबाजी भएपछि बन्दसत्र सकिएको छैन । निर्वाचन कार्यतालिका पनि प्रभावित भएको छ ।

जिल्ला अधिवेशनमा संस्थापन र इतर पक्षकाे नाममा दुई वटा प्यानल बनेकाे छ । संस्थापन पक्षमा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु छन् । इतर पक्षको नेतृत्व विनोद ढकालले गरेका छन् ।

संस्थापन पक्षले राजकुमार ओझालाई जिल्ला अध्यक्षमा अघि सार्ने तयारी गरेको छ । विनोद ढकालको समूहले अजम्बर राईलाई जिल्ला अध्यक्षको रुपमा अघि बढाउने तयारी गरेको छ । यो समूहले उपाध्यक्षमा सागर थापालाई अघि सार्ने तयारी गरेको छ ।

ढकालको समूहले सचिवमा सोमराज थापालाई अघि सार्ने तयारी गरेको छ । यो समूहबाट उपसचिवमा उषा झा र सन्तोष वान्तवालाई अघि बढाउने तयारी रहेको ढकालनिकट नेताहरुले बताए ।

संस्थापन पक्षले उपाध्यक्षमा शान्ति भुजेललाई उम्मेवार बनाउने तयारी गरेको छ । यो समूहबाट रविन थापा सचिवको उम्मेदवार बन्ने छन् । अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् । निर्वाचनका लागि दुई वटै समूहले आफ्नाे प्यानल बनाएका छन् ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.