एमाले मोरङको अधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक, प्रतिनिधि छनोटको विवाद मिलेन

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १९, सोमबार ०८:१६

विराटनगर । नेकपा (एमाले) मोरङको दशौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार आज (सोमबार) बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया प्रारम्भ हुने भनिएको छ । तर, यो समाचार तयार पार्दासम्म निर्वाचनको प्रक्रिया अघि बढ्न सकेको छैन । निर्वाचन कार्यतालिका सार्वजनिक भएपनि अधिवेशनका लागि मनोनित भएका ४६ जना प्रतिनिधिको विवाद मिलेको छैन । असन्तुष्ट पक्षले मनोनित प्रतिनिधिको विषयमा अझै विरोध गर्ने तयारी गरेको छ ।

आइतबार बन्दसत्रमा ४६ जना प्रतिनिधि एकलौटी रुपमा मनोनित गरेको भन्दै इतर समूहले प्रदर्शन गरेको थियो । प्रदर्शन र नाराबाजीपछि बन्दसत्र रोकेर नेताहरु छलफलमा बसेका थिए । तर, मनोनित प्रतिनिधिको विषयमा कुनै निर्णय भएन ।

प्रतिनिधिहरुका अनुसार आज बिहान पुनः बैठक बस्ने भन्दै नेताहरु बैठकबाट बाहिरिएका थिए । प्रतिनिधि मनोनित गरेको विवाद टुंगो नलगाइ निर्वाचन कार्यतालिका सार्वजनिक भएपपछि इतर समूह असन्तुष्ट बनेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेपछि मनोनयन दर्ता गर्ने तयारी छ । दिउँसो २ः४५ बजेदेखि ५ बजेसम्म नयाँ नेतृत्वका लागि मतदान गर्ने कार्यसूची छ । मतदानपछि पार्टी कार्यालय पाञ्चनालीमा मतगणना हुनेछ ।

जिल्ला अधिवेशनमा संस्थापन र इतर पक्षको नाममा २ वटा प्यानल बनेको छ । संस्थापन पक्षमा अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरु छन् । इतर पक्षको नेतृत्व विनोद ढकालले गरेका छन् ।

संस्थापन पक्षले राजकुमार ओझालाई जिल्ला अध्यक्षमा अघि सार्ने तयारी गरेको छ । उपाध्यक्षमा शान्ति भुजेललाई उम्मेवार बनाउने तयारी गरेको छ । यो समूहबाट रविन थापा सचिवको उम्मेदवार बन्ने छन् ।

विनोद ढकालको समूहले अजम्बर राईलाई जिल्ला अध्यक्षको रुपमा अघि बढाउने तयारी गरेको छ । यो समूहले उपाध्यक्षमा सागर थापालाई अघि सार्ने तयारी गरेको छ ।

ढकालको समूहले सचिवमा सोमराज थापालाई अघि सार्ने तयारी गरेको छ । यो समूहबाट उपसचिवमा उषा झा र सन्तोष वान्तवालाई अघि बढाउने तयारी रहेको ढकालनिकट नेताहरुले बताए ।

अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.