एमाले मोरङको निर्वाचन कार्यक्रम सुरु

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १९, सोमबार १३:०९

विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ । निर्धारित कार्यतालिकाको समय भन्दा करिब ४ घण्टा ढिलो निर्वाचनको प्रक्रिया सुरु भएको हो ।

निर्वाचन कमिटीले आज (सोमबार) बिहान ८ बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने बताएको थियो । तर, ४६ जना मनोनित प्रतिनिधिको विषयमा विवाद बढेपछि करिब ४ घण्टा ढिलो नामावली प्रकाशन भयो ।

आजै मनोनयन दर्तापछि मतदान गर्ने कार्यसूची छ । निर्वाचन कमिटीको सार्वजनिक गरेको विवरण अनुसार अधिवेशनका लागि भूगोलतर्फ ७ सय ४५, जनसंगठनतर्फ १ सय २० र मनोनित ४६ गरी जम्मा ९ सय ११ जना प्रतिनिधि कायम भएका छन् ।

एमाले मोरङको १० औं जिल्ला अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन कमिटी बनाइएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.