
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति उमेश खरेलले पदबाट राजीनामा दिएका छन् । उनी जिल्ला समितिबाट निलम्बनको सिफारिस भएका थिए । पार्टीले निलम्बन गर्नुअघि नै उनले राजीनामा दिएका हुन् ।
खरेलविरुद्ध कार्यकर्ताले नै नैतिक चरित्र र आर्थिक अनियमिततासम्बन्धी उजुरी पनि दिएका थिए । उजुरीलाई जिल्ला समितिले केन्द्रीय समितिमा पठाएको थियो ।
एकपक्षीय रुपमा आफूमाथि लागेको आरोपका बारेमा रास्वपाको अनुशासन आयोगले छानबिन गरिरहेको खरेल बताउँछन् ।
रास्वपाका एक केन्द्रीय नेताका अनुसार खरेलमाथि आर्थिक अपचलन र नैतिक चरित्रमा प्रश्न उठाउँदै जिल्ला समितिले तत्काल निलम्बन गरी थप कारबाही अघि बढाउन पत्रमा लेखिएको छ ।
खरेल २०७९ असारमा पार्टी स्थापनासँगै सभापति चयन भएका थिए ।

























