संसदमा कुलमानको पक्षमा उभिए प्रतिपक्षी दल

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २१, बुधबार १५:४०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न लागेको भन्दै प्रतिपक्षी दलहरुले संसद बैठकमा सरकारको आलोचना गरेका छन् ।

बुधबार बसेकाे प्रितिनिधिसभाकाे बैठककाे शून्य समयमा बोल्ने क्रममा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा सांसदले सरकारको कार्यशैलीको विरोध गरे ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोमा जवाफका लागि रुलिङ माग गरे ।

‘आज स्पष्टीकरण, भोलि स्पष्टीकरण, पर्सि स्पष्टीकरण हुँदैहुँदै अहिले सरकार जसरी लागिरहेको छ यो बारेमा के सोचिएको हो सरकारले के भनेको हो ?म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने,‘सभामुखमार्फत सरकारले के भएको हो जान्न चाहन्छु । म रुलिङको माग गर्दछु ।’ त्यसपछि सभामुखले सरकारलाई रुलिङ गरेका थिए ।

रास्वपा सांसद मनीष झा ले सरकारले कुलमानलाई लखेट्न लागेको भन्दै विरोध गरे । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमानसँग प्रतिशोध साँधेको बताएका हुन् । ‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनीलाई फाइदामा पुर्याउनेहरुलाई मूल्यांकन जिरोमा गरिरहेको छ,’ उनले भने,‘ सरकार हामी खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यौं भने हजारौँ कुलमान ल्यानेछौँ ।’

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाए सडक र सदनबाट दुबैबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.