एमाले मोरङको अधिवेशन : आज मतगणना गरिँदै

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २२, बिहीबार ०६:४७

विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज (बिहीबार) गरिँदै छ ।

पार्टी कार्यालय पाञ्चालीमा बिहान ८ बजेपछि मतगणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतदानस्थल विराटनगरको होटल मनास्लु इनबाट मतपेटिका बुधबार राति नै पार्टी कार्यालय पुर्याइसकिएको छ ।

मतगणना सकेर आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको श्रेष्ठले बताए । एमालेको जिल्ला नेतृत्वको टुंगो लगाउन हिजो मतदान भएको थियो । मतदानमा ८ सय ८८ मत खसेको छ । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित रहे ।

एमाले मोरङको १० औं जिल्ला अधिवेशन फागुन १७ गतेबाट सुरु भएको थियो । नयाँ नेतृत्व चयनका लागि मतदान गर्नुपर्ने भएपछि सोमबार सक्ने भनिएको अधिवेशन लम्बिएको थियो ।

एमाले मोरङको नयाँ जिल्ला कमिटी ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय हुने छ । तीमध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । निर्विरोध भएबाहेकको पदका लागि निर्वाचन भएको हो ।

अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीको उम्मेदवारी परेको थियो ।

इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा छन् ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.