
विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनअन्तर्गतको मतगणना जारी छ ।
नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो । बिहीबार दिउँसोबाट मतगणना सुरु भएको हो । प्रारम्भिक नजिता अनुसार इतर पक्षका अजम्बर राई १८ मतले अगाडि रहेका छन्।
हालसम्म १ सय ८८ मत गणना भइसकेको छ । जसमध्ये राईले ९८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझाले ८४ मत पाएका छन् । उपध्यक्षमा पनि इतर पक्षकै सागर थापा अगाडि छन् ।
उनले ९८ मत पाउँदा प्रतिस्पर्धी शान्तिकुमारी लिम्बूले ७७ मत ल्याएकी छन् । सचिवमा इतर पक्षका सोमराज थापाले ९६ र संस्थापन पक्षका रविन थापाले ७८ मत ल्याएका छन् ।
उपसचिवमा इतर पक्षका सन्तोष वान्तवाले १ सय ५ र संस्थापनका ईजालाल राजवंशीले ६८ तथा इतर पक्षका उषा झाले ९३ र संस्थापनका शिल्पा निराला कार्कीले ८३ मत पाएका छन् । पदाधिकारीमा इतर पक्षका अगाडि छन् ।
























