एमाले मोरङको मतगणना ‘अपडेट’ : इतरको प्यानल नै अगाडि, बढ्दै छ अग्रता

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २३, शुक्रबार ०६:०६

विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनअन्तर्गतको मतगणना अहिले पनि जारी छ ।

पार्टी कार्यालय पाञ्चालीमा जारी मतगणनाको पछिल्लो विवरण अनुसार इतर पक्षको प्यानल नै अगाडि छ । इतर पक्षका उम्मेदवारको अग्रता झन् बढिरहेको छ ।

खसेको ८ सय ८८ मतमध्ये हालसम्म ४ सय ३८ मतगणना भइसकेको छ । जसमा अध्यक्षका उम्मेदवार अजम्बर राई प्रतिस्पर्धी राजकुमार ओझाभन्दा २३ मतको अगाडि छन् ।

इतर पक्षका राईले २ सय २५ मत ल्याउँदा संस्थापन पक्षका ओझाले २ सय १२ मत पाएका छन् । उपाध्यक्षमा इतर पक्षका सागर थापाले २ सय २८ मत पाउँदा संस्थापनतर्फका शान्तिकुमारी लिम्बू भुजेलले १ सय ८६ मत पाएकी छन् ।

सचिवमा इतर पक्षका सोमराज थापाले २ सय ३० मत पाउँदा संस्थापन पक्षका रविन थापाले १ सय ८० मत ल्याएका छन् । उपसचिवमा इतर पक्षका सन्तोष वान्तवाले २ सय ३९ मत पाउँदा संस्थापनका ईजालाल राजवंशीले १ सय ६३ मत ल्याएका छन् ।

उपसचिवमै इतर पक्षका उषा झाले २ सय ८ मत ल्याउँदा संस्थापन पक्षका शिल्पा निराला कार्कीले २ सय ४ मत पाएकी छन् । एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो । बिहीबार दिउँसोबाट मतगणना जारी छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.