एमाले मोरङको मतगणना : अध्यक्षमा कडा टक्कर, यस्तो छ पछिल्लो मतपरिणाम

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २३, शुक्रबार १५:२९

विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनअन्तर्गतको जारी मतगणनामा अध्यक्षका उम्मेदवारबीच कडा टक्कर देखिएको छ । यद्यपि, इतर पक्षको अग्रता कायमै छ ।

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार हालसम्म ६ सय ८० मतगणना भइसकेको छ । जसमा अध्यक्षका उम्मेदवार इतर पक्षका अजम्बर राईले ३ सय ३२ र संस्थापन पक्षका राजकुमार ओझाले ३ सय २१ मत पाएको उनले बताए ।

राई र ओझाबीचको मतान्तर ११ मात्रै छ । ११ मतले राई अगाडि रहेका हुन् । यसअघि सार्वजनिक गरिएको मतपरिणाम अनुसार राई २३ मतले अगाडि थिए । पछिल्लो परिणाम अनुसार ओझाले मतान्तर घटाएका छन् ।

उपाध्यक्षमा इतर पक्षका सागर थापाले ३ सय २० मत पाउँदा संस्थापनतर्फका शान्तिकुमारी लिम्बू भुजेलले ३ सय ५ मत ल्याएकी छन् । सचिवमा इतर पक्षका सोमराज थापाले ३ सय ४७ मत पाउँदा संस्थापन पक्षका रविन थापा २ सय ८७ मतमा सीमित भएका छन् ।

उपसचिवमा इतर पक्षका सन्तोष वान्तवाले ३ सय ७० मत पाउँदा संस्थापनका ईजालाल राजवंशीले २ सय ४६ मत ल्याएका छन् । महिला उपसचिवमा भने संस्थापन पक्षकी शिल्पा निराला कार्की इतर पक्षकी उषा झालाई उछिनेर अघि बढेकी छन् ।

कार्कीले ३ सय २३ मत पाउँदा झा ३ सय ८ मतमा सीमित भएकी थिइन् । यसअघि घोषणा गरिएको मतपरिणाम अनुसार कार्कीभन्दा झा ४ मतले अघि थिइन् ।

एमाले मोरङको जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो । अब २ सय ८ मत गणना हुन बाँकी रहेको जानकारी प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले दिए । एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो । बिहीबार दिउँसोबाट मतगणना जारी छ । पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको हो ।

यसअघि प्रकाशित समाचारको मतपरिणाममा केही गल्ती भएकाले सच्याइएको छ । स.

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.