एमाले मोरङमा इतर पक्षको ‘क्लिन स्वीप’, कसले कति मत ल्याए ?

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २३, शुक्रबार १९:१०

विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनबाट इतर पक्षले पदाधिकारीमा संस्थापन पक्षलाई ‘क्लिन स्वीप’ गरेको छ ।

पार्टी कार्यालय पाञ्चालीमा शुक्रबार साँझ मतगणना सम्पन्न हुँदा इतर पक्षको प्यानलै विजयी भएको हो । अन्तिम मतपरिणाम अनुसार संस्थापन पक्षलाई पराजित गर्दै एमाले मोरङको पदाधिकारीमा इतर समूहको प्यानलै आएको छ । अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझालाई ३९ मतान्तरले हराए ।

राईले ४ सय ४६ मत पाएका छन् भने ओझा ४ सय ७ मतमा सीमित भए । राई र ओझा दुवै जना मोरङको सुन्दरहरैँचाका बासिन्दा हुन् । राई जिल्ला समन्वय समिति मोरङका प्रमुख र ओझा कोशी प्रदेशका पूर्वप्रदेशसभा सदस्य हुन् ।

उपाध्यक्षमा सागर थापा ४ सय २२ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३ सय ९१ मत मात्रै पाइन् । थापा विराटनगर र लिम्बू केराबारीका बासिन्दा हुन् ।

त्यस्तै, सचिवमा सोमराज थापा विजयी भएका छन् । थापाले ४ सय ६१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रविन थापा ३ सय ६८ मतमा सीमित भए ।

उपसचिवमा भारी मतका साथ सन्तोष वान्तवा निर्वाचित भएका छन् । उनले ४ सय ९० मत ल्याए । वान्तवाका प्रतिस्पर्धी ईर्जालाल राजवंशीले ३ सय ११ मत मात्रै ल्याए ।

महिला उपसचिवमा उषा झा निर्वाचित भइन् । उनले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी शिल्पा निराला कार्कीले ४ सय ५ मत पाइन् ।

एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएको श्रेष्ठले बताए ।

पार्टीको जिल्ला नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो । बिहीबार दिउँसोबाट पार्टी कार्यालय पाञ्चालीमा सुरु भएको पदाधिकारीतर्फको मतगणना शुक्रबार साँझ सकिएको छ ।

पदाधिकारीतर्फको मतगणना मात्रै सकिएको हो । सदस्यहरुको मतगणना जारी छ । सदस्यहरुको मतगणना शनिबार बिहानसम्ममा सम्पन्न गर्ने तयारी छ । ५ पदाधिकारीसहित एमाले मोरङको जिल्ला कमिटी १ सय ६५ सदस्यीय हुनेछ ।

एमाले मोरङमा इतर पक्षको नेतृत्व विनोद ढकालले गरिरहेका छन् । पार्टीको कोशी प्रदेश अधिवेशनमा घनश्याम खतिवडासँग पराजित भएपछि उनले एमालेभित्र अर्को समूहको नेतृत्व गरिरहेका छन् ।

संस्थापन पक्षलाई भने केन्द्रीय उपाध्यक्ष गुरु बराललगायतका नेताको साथ थियो । एकाएक इतर पक्ष नेतृत्वमा आएपछि संस्थापन पक्ष ठूलो धक्का बेहोर्न बाध्य भएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.