
विराटनगर । सुनसरीको बर्जु र देवानगन्जमा विराटनगरको विराट रानी आँखा अस्पतालले आयोजना गरेको निःशुल्क आँखा शिविरमा २ सय ५६ जनाको आँखा परीक्षण गरिएको छ ।
विराट रानी आँखा अस्पतालले लायन्स क्लब अफ खोटाङ हलेसीको सहकार्यमा बर्जु गाउँपालिका–६ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा १ सय ५१ जनाको परीक्षण गरिएको थियो ।
आँखा परीक्षण गर्दा २५ जनामा मोतिया बिन्दुका बिरामी भेटिएको र उनीहरूको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको छ । उनीहरूको दुवै संस्थाको उपचारको व्यवस्था मिलाएको छ ।
त्यस्तै, देवानगन्ज गाउँपालिका–६ जिरोगवामा भएको आँखा शिविरमा ७५ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षणपछि बिरामीहरूलाई आवश्यक दबाइ उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

























