‘हुरहुरेको चिसो हावाले’ सार्वजनिक

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार १३:०९

इलाम । सूर्योदय नगरपालिका–८, शान्तिचोकमा ‘हुरहुरेको चिसो हावाले, पछ्यौरी उडाउला’ बोलको नयाँ गीत तथा भिडियो सार्वजनिक गरिएको छ ।

विश्व होटलमा आयोजित कार्यक्रममा सूर्योदय–७ का वडाध्यक्ष लोकबहादुर चाम्लिङ राईको प्रमुख आतिथ्यतामा गीत तथा भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा पूर्वउपप्रमुख दुर्गादेवी भट्टराईसहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

सन्तोष शिवाको शब्द, संगीत र स्वर रहेको गीतमा रेडियोकर्मी तथा पत्रकार विक्रम सुन्दास र विद्या शिवाले अभिनय गरेका छन् । हिकस राईको निर्देशन रहेको भिडियोमा कन्यामका देउराली, लभडाँडा, थलथले पोखरी र घोडचढीलगायत पर्यटकीय तथा धार्मिक स्थललाई समेटिएको छ ।

कार्यक्रममा सहभागीहरूले सूर्योदय नगरपालिका म्युजिक भिडियो छायांकनको हबका रूपमा विकास हुँदै गएको बताएका थिए । उनीहरूले स्थानीय प्रतिभा र प्रविधिको विकासका लागि स्थानीय सरकारले लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

गीत तथा भिडियो एचकेआर प्रेजेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×