पोखराको एक महिना बसाईपछि काठमाडौं फर्कदै पूर्वराजा ज्ञानेन्द्र, राजावादीले शक्ति प्रदर्शन गर्ने

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २५, आइतबार ११:०६

काठमाडौं । पाेखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्कँदैछन् । माघ २७ गते पोखरा पुगेका शाह करिब एक महिना लामो पाेखरा बसाईपछि आज काठमाडाैं फर्कन लागेका हुन् ।

उनी फर्कनेभएपछि राजावादीहरुले उनलाई भब्य स्वागत गर्ने तयारी गरेका छन् । राप्रपा, दुर्गा प्रसाईको समूहसहित राजावादीहरुले उनको स्वागत गर्न लागेका हुन् ।

ज्ञानेन्द्रको स्वागतका लागि शक्ति प्रदर्शन हुनेपछि काठमाडौंमा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

पोखरामा शाह १ साताजति रुपाकोट रिसोर्ट बसेका थिए ।बाँकी समय उनी माउन्ट ग्लोरी रिसोर्टमा बसे । पोखरा बसाइका क्रममा उनले विन्ध्यवासिनी मन्दिर, बागलुङ कालिका, गलेश्वरधाम, पोखराकै केदारेश्वर मन्दिरको दर्शन र पूजाअर्चना गरे ।

पोखराकै वीरेन्द्रचोकमा डेढ वर्षअघि निर्माण गरिएको पूर्वराजा विरेन्द्रको सालिक पनि उनले अनावरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.