दार्जिलिङ घुमाउने भन्दै नेपाली चेलीलाई भारतको कोठीमा पुर्‍याएपछि…

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २५, आइतबार १७:२७

विराटनगर । विभिन्न प्रलोभनमा पारेर दार्जिलिङ घुमाउने भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिलाको बिक्री गरेको खुलेको छ ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र दुप्चेश्वर–६ का २४ वर्षीय थोकर भनिने सामेबहादुर तामाङलाई पक्राउ गरेर अनुसन्धान गरेपछि यो रहस्य खुलेको मावन बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

पक्राउ परेकालाई आइतबार सार्वजनिक गरिएको छ भने, पुणेमा बेचिएका नेपाली महिलाको उद्धार गरिएको छ । ब्यूरोका प्रमुख तथा एसएसपी दीपेन्द्र जिसीले पुणेको कोठीमा नेपाली चेली बेचिएको उल्लेख गरे ।

यो समूहका दुई जना अझै फरार छन् । फरार हुनेमा एक पुरुष र एक महिला छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरू र पुणेमा बेचिएका महिला पूर्व चिनजाका हुन् । उनीहरू सँगै कन्ट्रक्सनमा लेभरको काम गर्थे ।

एकै जिल्लाका भएकाले पनि पीडित महिलाहरूले पक्राउ परेका दुई पुरुषलाई सहजै विश्वास गर्ने गरेको ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवरको भनाइ छ ।

दार्जिलिङ घुम्न जाउँ भन्दै उनीहरूले महिलालाई प्रलोभनमा पारेका थिए । घुम्न जाने, मोबाइल समेत किनिदिने र काम गरेको पैसा समेत दिने भएपछि पीडित महिलाले विश्वास गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

ललितपुरको गोदावरी नगरपालिका–१२ चापागाउँ ठेचोबाट महिलालाई कोटेश्वर ल्याइएको थियो । त्यसपछि उनीहरू गत १८ मंसिरमा वीपी राजमार्ग हुँदै उनीहरू झापा पुगेका थिए । झापाबाट इलाम पुगेर एक रात उनीहरूसँगै बसेका थिए ।

झापाको पशुपतिनगर नाकाबाट भारत छिरेका उनीहरूलाई दार्जिलिङ लगिएको थियो । त्यहाँबाट कोलकत्ता लगिएको प्रहरीको भनाइ छ । कोलकत्ताबाट दिल्ली पु¥याएर १७ दिनसम्म राखिएको प्रहरीको भनाइ छ ।

यो समूहले नक्कली नेपाली नागरिकता बनाएर भारत छिराएको प्रहरीको दाबी छ । बेचिएकी महिलाले लुकेर नेपालमा रहेका आफ्ना श्रीमान्सँग सम्पर्क गरेर घटनाबारे जानकारी गराएकी थिइन् । त्यसपछि उनका श्रीमान् मानव बेचबिखन अनुसन्धान ब्यूरोको सम्पर्कमा पुगेका थिए । ब्यूरोले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।

त्यसपछि भारतीय प्रहरीले छापा मार्ने डरले बसको टिकट काटेर सुनौली नाकासम्म ल्याएर छाडिदिएको प्रहरीको भनाइ छ । उनीहरूको १५ माघमा उद्धार भएको थियो ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.