प्रधानमन्त्रीले प्रदेशमा, प्रचण्डले संघमा सम्बोधन गर्ने

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २६, सोमबार २०:२७

विराटनगर । मंगलबार कोशी प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।

भोलि मंगलबार नै संघीय संसदको पनि बैठक बस्दैछ । संघीय संसदको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकको बैठकमा विपक्षी दलका नेता प्रचण्डले मंगलबारको बैठकमा बोल्ने समय तय भएको हो ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले सञ्चारकर्मीसँग कुरा गर्दै भोलिको बैठकमा प्रचण्डले बोल्ने गरी कार्यसूची तय भएको बताए । भोलि दिउँसो १ बजे बस्ने बैठकलाई प्रचण्डले सम्बोधन गर्नेछन् ।

कोशी प्रदेशसभा सचिवालयका कार्यवहाक सचिव गौतमराज अमात्यका अनुसार भोलिको प्रदेशसभाको बैठकमा प्रधानमन्त्रीको विशेष सम्बोधन गर्ने तयारी पूरा भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा आउने प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने तयारी गरेका हुन् ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.