मोरङमा के-के छन् प्रधानमन्त्री सहभागी हुने कार्यक्रम ?

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार ०८:०१

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर मोरङमा रहने भएका छन् । दुई वटा कार्यक्रममा सहभागी हुन उनी साढे १० बजे हेलिकप्टर मार्फत मोरङको सुन्दरहरैंचा स्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आउनेछन् ।

साढे ११ बजे विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजा प्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च शैक्षिक भवनको उद्घाटन गर्नेछन् । त्यस लगतै पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्स शैक्षिक भवनको उद्घाटन गर्नेछन् ।

दिउँसो १२ बजेबाट पूर्वाञ्चल विश्वविद्यालयको ४० औं विशेष सभा बैठक तथा १३ औं दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दिउँसो साढे २ बजे कोशी प्रदेशसभालाई सम्बोधन गरेर उनी साढे ४ बजे हेलिकप्टर मार्फत काठमाडौं फर्कने कार्यसूची छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.