
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै छन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले संसदमा विशेष सम्बोधन गर्न लागेका हुन् । संसदमै रहेका दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किदा आइतबार गरेको भव्य स्वागतपछि राजनीतिक वृत्त तरंगित छ ।
राजनीतिक वृत्त तरंगित भइरहेका बेला प्रचण्डले संसदमा सम्बोधन गर्न लागेका हुन् । राजावादीको गतिविधि बढेको निष्कर्ष निकाल्दै माओवादीले तराई–मधेश जागरण अभियान स्थगितसमेत गरेको छ । अभियान स्थगित गरेर प्रचण्ड शनिबार नै काठमाडौं पुगेका थिए ।
























