काेशीमा प्रधानमन्त्रीकाे सम्बाेधन : मुख्यमन्त्रीसँगकाे भेटपछि बैठकमा बस्न तयार भए प्रतिपक्षी दल

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार १२:५१

विराटनगर । काेशी प्रदेशसभा बैठकमा प्रधानमन्त्रीकाे सम्बाेधन बहिष्कार गर्ने चेतावनी दिएका प्रतिपक्षी दल बैठकमा सहभागी हुन सहमत भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगकाे भेटपछि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित प्रतिपक्षी दल प्रधानमन्त्रीकाे सम्बाेधनका क्रममा बैठकमा बस्न सहमत भएका हुन् ।

कोशीको प्रदेशसभा बैठकलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने बेलामासमेत सरकारले समन्वयन नगरेको भन्दै माओवादी केन्द्रसहित प्रतिपक्षी दलले बैठक बहिस्कारको धम्की दिएका थिए ।

प्रतिपक्षीले बैठक बहिष्कार गर्ने बताएपछि मंगलबार बिहान मुख्यमन्त्री कार्कीले  माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँगको भेटेका थिए । विराटनगरको बिग होटलमा दुई नेताको छलफलपछि विवाद मिलेको हो ।

आङ्बोले मुख्यमन्त्रीले प्रधानमन्त्रीले संस्थागत ढंगले बोल्ने, कसैलाई घोचपेच नगर्ने र विपक्षी दलहरुलाई औपचारिक निमन्त्रणा नगरेको विषयमा कमजाेरी भएकाे भनि स्वीकार गरेका बताए ।

संसद बैठकमा सहभागी हुने विषयमा भने छलफलपछि निर्णय गर्ने उनले बताए । ‘हामीले जे कन्सन राखेका थियौं, त्यो कन्सन सम्बोधन गर्ने भइसकेपछि विषय सकारात्मक भयो,’ उनले भने,‘विपक्षी दलहरुसँग छलफल गरेर निर्णयमा पुग्छौं ।’

प्रधानमन्त्री ओलीले आज २ बजेपछि बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले बिपक्षी दलहरुलाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएपछि कार्कीले प्रतिपक्षीले उठाएका विषय सम्बोधन गर्ने बताएका थिए । प्रतिपक्षी दलहरुले संसदप्रति उत्तरदायी हुनुपर्ने र संसदलाई सरकारको छायामा पार्न नहुने सर्त राखेका थिए ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.