
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न सुरु गरेका छन् ।
प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्नका लागि उनी केही बेरअघि प्रदेशसभा आइपुगेका थिए । मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर ओली विराटनगरस्थित प्रदेशसभा आएर सम्बोधन गर्न थालेका हुन् । ओलीको सम्बोधनको प्रत्यक्ष प्रशारण मुलुकी खबरबाट हेर्न सकिने छ ।
























