हामी विकासशील राष्ट्रमा परिणत हुँदैछौं : प्रधानमन्त्री ओली

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार १६:२३

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले हामी विकासशील राष्ट्रमा परिणत हुने क्रममा रहेको बताए ।

कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले मुलुकलाई अगाडि बढाउन उद्यमशीलतामा जोड दिनुपर्ने उल्लेख गरे । ‘अरुको सहायतामा बाँच्छु भन्ने कुरा हैन । आफ्नै बलमा बाँच्नुपर्छ । वनसँग सहमति गरेर फलफूल खेती गर्न सकिन्छ । साना उद्योग स्थापना गर्न जनतालाई सहयोग गर्नुपर्छ । नजान्दा सिकाउनुपर्छ । जनप्रतिनिधिले पुलको काम गरौं । यसो भयो भने जनतालाई विकासमा जोड्न सकिन्छ,’ ओलीले भने ।

भावनामा बगेर नभइकन देशलाई अघि बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ । ‘दुनिया अगाडि बढिसकेको हुन्छ । हामी कुरा गरेर पछाडि पर्छौं । हाम्रो देश गरिब भइरहन्छ । हामी ठूला कुरा गरेर बस्छौं,’ ओलीले भने, ‘जनतालाई बचतको स्थितिमा पुर्याउन सकियो भने र आम्दानीलाई बचतमा परिणत गरियो भने भने देश धनी हुन्छ । जनता धनी हुन्छन् । जीवनस्तर पनि उक्सिन्छ ।’

उत्पादन, शिक्षा, स्वास्थ्य सबै क्षेत्रका लागि हामीले विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्नेमा उनको जोड छ । ओलीले मानव जातिले विकास गरेका सुविधाको समुचित प्रयोगमा ध्यान दिनुपर्ने बताए ।

‘मुलुकमा केही नभएको हैन, विकास धेरै भएको छ । ३३ प्रतिशत महिला आज ‘पार्लियामेन्ट’मा हुनुहुन्छ । हामीले आरक्षण बढोस् भन्दा पनि क्षमता वृद्धिको अवसर पाउनुपर्छ भन्ने कुरा हो । दक्ष नागरिक उत्पादन आजको आवश्यकता छ । सबै कुरा मानवको हित, कल्याण र भविष्यका लागि हाम्रा प्रयासलाई सचेत र योजनाबद्ध ढंगले अगाडि बढाउनुपर्छ,’ प्रधानमन्त्रीले भने ।

प्रदेशसभाले राम्रा काम तर्जुमा गर्ने र त्यसको कार्यान्वयन प्रदेश सरकारले राम्ररी अगाडि बढाउने विश्वास ओलीले लिएका छन् । उनले संघीय सरकार सहयोग गर्न तयार रहेको बताए । जनता र जनप्रतिनिधिका कुरा सुन्नका लागि सरकार बनेको ओलीले बताए ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.