मोरङका ११ क्याम्पसमा मनोनयन दर्ता, महेन्द्र मोरङ नेविसंघकाे दुई प्यानल

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार २२:०४

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियनको चैत्र ५ गते हुने निर्वाचनका लागि मोरङका आङ्गिक र सामुदायिक क्याम्पसहरुमा उम्मेदवारी दर्ता भएको छ । मोरङमा ३ वटा आङ्गिक र ८ वटा सामुदायिक गरि कुल ११ वटा क्याम्पसमा उम्मेदवारी दर्ता भएको हो ।

महेन्द्र मोरङ क्याम्पसमा मनोनयन दर्ता भएपनि नेपाल विद्यार्थी संघकाे विवादका कारण उम्मेदवारको नामावली सार्वजनिक भएको छैन ।

आङगिकतर्फ विराटनगरको नर्सिङ क्याम्पस, स्नातकोत्तर क्याम्पससहित ८ वटा सामुदायिक क्याम्पसमा निर्वाचनको वातावरण बनेको छ । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसमा भने नेविसंघको आन्तरिक विवादका कारण मनोनयन गरिएका उम्मेदवारहरुको नामावली सार्वजनिक नभएकाे हाे ।

क्याम्पस स्थित निर्वाचन अधिकृत सुशील अधिकारीका अनुसार नेवि संघबाट दुई प्यानलले उम्मेदवारी दर्ता गराएपछि विवाद भएको हो । मंगलबार नभएपछि बुधबार नाम सार्वजनिक गर्ने तयारी भएको उनले बताए । प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ५ विद्यार्थी संगठनले मनोनयन दर्ता गराएको बताएका निर्वाचन अधिकृत अधिकारीले १५ जना कार्यसमितिका लागि प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ७ जना निर्वाचित हुने जानकारी दिए ।

महेन्द्र मोरङमा स्ववियु निर्वाचनलाई विद्यार्थीबीच विवाद रहेको छ । केही साताअघि नेविसंघका मोरङ अध्यक्ष सरोज पोखरेललाई क्याम्पसभित्रै नेविसंघका विद्यार्थीले कुटपिट गरेका थिए । पोखरेललाई अध्यक्षबाट हटाउँदै नेविसंघका १२ जना केन्द्रीय सदस्यहरुले मोहम्मद तनवीरलाई अध्यक्ष बनाएका थिए । त्यसपछि क्याम्पसमा दुई खेमाबीच विवाद भएको थियो ।

विराटनगरकै स्नातकोत्तर क्याम्पसमा नेवि संघबाट विराज बरालले अध्यक्षमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत प्राध्यापक डा. अनिल पोखरेलले जानकारी दिए । क्याम्पसमा अनेरास्ववियु र समाजवादी विद्यार्थी संगठनबाट संयुक्त रुपमा अध्यक्षमा निर्मल भण्डारीलाई अघि सारेको छ । त्यसैगरि अखिल क्रान्तिकारी बाट अध्यक्षमा प्रितम साह रहेका छन् ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.