उर्लाबारीमा तीन वटा गाडी ठोक्किए, १३ जना घाइते

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २, शनिबार १४:०५

विराटनगर । मोरङको उर्लाबारीमा तीन वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । शनिबार दिउँसाे पूर्वपश्चिम राजमार्गको उर्लाबारी खण्डमा सुमो र दुई वटा यात्रुबहाक बस एकै स्थानमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइते मध्ये ११ जना घाइते सुमोका यात्रु हुन् । २ जना सगरमाथा यातायातको बसमा सवार यात्रु हुन् ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेकाे मे १ झ २७४९ को सुमो गाडी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेकाे प्रदेश १–०१–००१–ख ४४५६ नम्बरको सगरमाथा यातायातको बससँग ठोक्किएको थियो । सगरमाथा यातायातसँग ठोक्किएको सुमो अनियन्त्रित हुँदै पूर्वतर्फ जाँदै गरेकाे मे १ ख २५४६ नम्बरको नागरिक यातायातको बससँग पनि ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुर्घटनामा सुमोमा सवार ११ जना र सगरमाथा यातायातमा सवार २ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर ३ सहित पाँच जनालाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड झापा पठाइएको छ । ८ जनाको उर्लाबारीमै उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.