मोरङ कारागारका थुनुवाको मृत्यु : जसले बुझाउन सकेनन् २५ हजार

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २, शनिबार १८:२५

विराटनगर । अदालतले धरौटीबापत मागेको २५ हजार रूपैयाँ बुझाउन नसकेर जिल्ला कारागार मोरङ चलान भएका १ जना थुनुवाको शनिबार दिउँसो मृत्यु भएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । उनका अनुसार हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारका लागि फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा दिउँसो ३ः५५ बजेतिर मृत्यु भएको ढुंगेलले बताए । उनका अनुसार आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रव मुद्दा चलाएको थियो ।

जिल्ला अदालत मोरङले देवानसँग धरौटीबापत २५ हजार रूपैयाँ लिएर मुद्दाको पुर्पक्ष गर्न गत मंसिर २३ गते आदेश दियो । अदालतको मागेको धरौटीबापतको रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको थियो ।

मुद्दाको फैसला हुन बाँकी छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा थुनुवाको मृत्यु भएको हो । शवलाई कोशी अस्पतालकै शव गृहमा राखिएको छ ।

आफन्त एवं परिवारका सदस्य सम्पर्कमा आइसकेको र प्रक्रिया पूरा गरेर शव जिम्मा लगाइने जेलर ढुंगेलले बताए । उनका अनुसार देवानलाई स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको आशंका छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.